Song Details:-
Song Title:- Soltini
Artist:- Akash Khadka FT Trishala Gurung
“Soltini Lyrics”
Akash Khadka FT Trishala Gurung
नहेर न त्यसरी, अरे, ओ सोल्टिनी, मनै बेकाबु भो
लैजाऊ न सँगै बाँधी त्यो केशमै, किन हो सरमाको?
सम्हालिदिन त्यो बेकाबु मन छु नि म, सोल्टीज्यू
लैजाउँला सँगै हात तिम्रो समाई, छैन नि सरमाको
सोल्टिनी, कता हिँडेको? लैजाऊ न सँगैसँगै
बाटुली केशमा तिम्रो बाँधी लैजाऊ है मलाई
सोल्टीज्यू, जाने भए आऊ है, जाउँला है सँगैसँगै
पर्दैन केशमा बेर्न, हातै समाई जाउँला है
सुन, एक्लो यो ज्यानको तिमी हौ प्राण, तिमी नै सर्वस्व सबै
आँखाले खोजिरहने नै नि तिमी, खै, कुन्नि के जादु गरिन्
लौ बस्यो, लौ बस्यो, माया तिमीसँगै, सोल्टिनी
सोल्टिनी, जाने हैन त सँगै घरजम गर्नलाई?
ख्यालठट्टा गरेकै हैन, लैजाउँला सँगैसँगै
सोल्टिनी, कता हिँडेको? लैजाऊ न सँगैसँगै
बाटुली केशमा तिम्रो बाँधी लैजाऊ है मलाई
तिमी डराउनु पर्दैन, तिम्रै त हुँ नि, मुटुमा छ नाउँ तिम्रै
ज्यानभन्दा बढी म माया गर्छु नि, म तिम्रै हो, मेरो तिमी हौ नि
हो, लौ बस्यो, माया तिमीसँगै सोल्टीजी
सोल्टीज्यू, आँटिहालेछौ, सँगै अब लैजाऊ है
भागी जादिन म चाहिँ, डोली चढाई लैजाऊ है
सोल्टीज्यू, जाने भए आऊ है, जाउँला है सँगैसँगै
पर्दैन केशमा बेर्न, हातै समाई जाउँला है
“THE END”
Soltini – Akash Khadka FT Trishala Gurung Prod .Anmol (Official Music Video)
#SoltiniLyrics #AkashKhadka #TrishalaGurung #Soltini #Lyrics #Lyricsilly

